रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

राजन दिल गुरुङ

राजन दिल गुरुङ

min read

4 month(s) ago

शेयर गर्नुहोस्

रत्ननगर ।

रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरले इच्छाकामनालाई १–० गोल अन्तरले पराजित गरेको हो । रत्ननगरले गत बर्ष आयोजित मेयर कपको उपाधि जित्न सफल भएको थियो । रत्ननगरलाई जिताउन अभिषेक महतोले निर्णायक गोल गरेका थिए । उनी म्यान अफ दी म्याच घोषित भएका छन् । खेलकुद विकास समितिका संयोजक कृष्ण महतो र नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । विहीबार भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच फाइन प्रवेशका लागि खेल हुने आयोजकले जनाएको छ ।