मौलाकाली केवलकारको अफर ५० प्रतिशत छुट , आधा सस्तो टिकट

मौलाकाली केवलकारको अफर ५० प्रतिशत छुट , आधा सस्तो टिकट

राजन दिल गुरुङ

राजन दिल गुरुङ

4 min read

9 month(s) ago

शेयर गर्नुहोस्

साउन १ चितवन ।

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ ।
यही साउन महिना देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । यस अफर अन्तरगत अब यात्रुहरुले रु. २७५ मै दुइतर्फी यात्रा गर्न पाउनेछन । यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्नेछ। यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृध्दि हुने अपेक्षा गरिएको छ। दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौं – केवलकारका स्टेशन मेनेजर पौडेल बताउँछन् । मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृध्दि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छ। गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ। धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको छ शनिबार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केवलकार संचालन हुने गरेको छ ।