मौलिक तीज गीत ‘‘उजेली जुनेली’’ सार्बजनिक भिडियो सहित

मौलिक तीज गीत ‘‘उजेली जुनेली’’ सार्बजनिक भिडियो सहित

राजन दिल गुरुङ

राजन दिल गुरुङ

3 min read

9 month(s) ago

शेयर गर्नुहोस्

असार ३१ चितवन । तीजको अवसर पारेर भूमिका गिरीको मौलिक तीज गीत ‘‘उजेली जुनेली’’ युट्युब मार्फत सार्बजनिक भएको छ ।
हिन्दुधर्मालम्बी महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा चर्चित लोक दोहोरि गायिका भूमिका गिरीले बिदेसिएका संगी र नेपालमा जीवन यापन गरिरहेको दुई संगी बिचको भावनालाई गीत मार्फत प्रस्तुत गरेकी छिन । भूमिका गिरि र सुनिता बुढा क्षेत्रीको स्वर ‘‘उजेली जुनेली’’ बोलको गीतमा सब्द नेत्र अर्याल , संगीत खेम सेन्चुरी ,संगीत संयोजन सुदिप सागरको रहेको छ भने उत्कृष्ट नृत्य रहेको भिडियोमा गायिका गिरी , पुजन घिमिरे र दीप सागरको अभिनय हेर्न पाईन्छ । भिडियोमा निर्देशन स्मृति तिमिल्सिना , छायांकन राजेस घिमिरे , श्रीङ्गार सरिता मगर र भेषभुषा स्वस्तिका लामाको रहेको छ।

mithokura post image


पछिल्लो समयको चर्चित गीत तारा संगै जुन , चोली मैलो भो , देउरालीमा पर्खि बसे जस्ता गीतको गायिका भूमिका गिरीले मौलिक तीज गीत ‘‘उजेली जुनेली’’मा मन देखि मिहिनेत गरेका छौ । नेपाली समाजको चित्रण रहेको हुनाले तपाई हामी संग मिल्ने कथालाई गीत मार्फत प्रस्तुत गरिएको छ र यस गीतलाई पनि दर्शकले उत्तिकै माया गर्नेमा आफु आशाबादी रहदै सम्पूर्ण दर्शक श्रोतालाई गीत हेरी दिन आग्रह गर्नु भएको छ ।

भिडियो हेर्नुहोस -