नि:शुल्क आँखा सल्यक्रियामा सहभागीलाई सम्मान तथा मायाको चिनो

नि:शुल्क आँखा सल्यक्रियामा सहभागीलाई सम्मान तथा मायाको चिनो

राजन दिल गुरुङ

राजन दिल गुरुङ

3 min read

9 month(s) ago

शेयर गर्नुहोस्

राजन दील गुरुङ ३० असार , गलकाेट ।
बागलुङ्ग गलकाेट नगरपालिका १० पाण्डबखानी स्वास्थ चाैकीमा संचालन भएको नि:शुल्क आँखा सल्यक्रियामा सहभागी डाक्टरको टोली लगाएत सहयोगी सस्था , व्यक्ति र पत्रकारलाई आयोजकले सम्मान पत्र र मायाको चिनो सहित बिदाई गरेको छ ।

mithokura post image



महिला जागरण केन्द्र पाण्डबखानीको आयोजना र विभिन्न सस्थाको सहयोगमा भएको उक्त कार्यक्रममा राधिका पुनकाे अध्यक्षता र संविधानसभा सदस्य निरज पुन प्रमुख अतिथि रहनु भएको थियो । पुनले अनुकुल मौसम र दुर्गम क्षेत्रको बाबजुद पनि आँखा नदेख्नेलाई देख्ने बनाई दिने डाक्टर र कार्यक्रम आयोजना गर्ने आयोजकलाई आभार ब्यक्त गर्नु भएको थियाे।

mithokura post image



२ दिन सम्म भएको आँखाको सल्यक्रियामा नेत्र रोग विशेषज्ञ डाक्टर अनिल पराजुलिको नेतृत्वमा ६ जना डाक्टर रहेका थिए । २०५ जनाको जाच भएको सो नि:शुल्क आँखा सल्याक्रियामा २६ जनाको सल्यक्रिया भएको थियो भने कार्यक्रम संचालन आशा श्रीसले गर्नु भएको पत्रकार सुरेश छन्त्यालले जानकारी गराएका छन्।