बालबालिकाको मुटु परिक्षण गर्दा ४३७ मध्ये ९० जनामा समस्या


शेयर गर्नुहोस्

जेठ २७ चितवन।
नेपाल हार्ट फाउन्डेसन, चितवन मुटु अस्पताल र लायन्स क्लब अफ चितवन मुटुको संयुक्त आयोजनामा राप्ती ७ मा रहेको दिव्यज्योती मातृ सहयोग, शिरकोट आधारभुत विद्यालय र शिरकोट निम्न माध्यामिक विद्यालयका ४३७ जनामा परिक्षण गर्दा ९० जनामा समस्या देखिएको छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारिको नेतृत्वमा सञ्चालित उक्त शिविरमा इसिजी र इको कार्डियोग्राफी सेवासहित बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण पश्चात स्वास्थ्यमा समस्या देखिएका बालबालिकालाई नि:शुल्क औषधि वितरण गरिएको थियो । गम्भीर किसिमका समस्या भएकाहरुलाई चितवन मुटु अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको शिविरका व्यवस्थापक लोकराज भुषालले जानकारी दिए ।


शिविरमा राप्ती ७ मा रहेको दिव्यज्योती मातृ सहयोग, शिरकोट आधारभुत विद्यालय र शिरकोट निम्न माध्यामिक विद्यालयका बिपन्न र सिमान्तकृत विद्यार्थीमा गरिएको परिक्षणमा ४३७ जना बालबालिकाको मुटु परिक्षण गरिएको थियो ।
कम झ्याल भएको कोठा , एउटै कोठामा धेरै संख्यामा सुत्नु जस्ता कारणले गर्दा बालबालिकामा समस्या देखिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारिले बताउनु भएको थियो।


Like it? Share with your friends!