रास्ट्रिय महिला भलिबल प्रतियोगिता २५ गते देखि सुरु


शेयर गर्नुहोस्

राजन दिल गुरुङ
फाल्गुन २३ चितवन।

नेपालका ८ चर्चित क्लब संग आबद्ध भएका नेपाली राष्ट्रिय टिमका खेलाडी सहितको स्व लोक बहादुर पुन स्मृति कप रास्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ फाल्गुन २५ गते देखि सुरु हुने भएको छ।


आज भएको पत्रकार सम्मेलनमा यहि फाल्गुन २५ देखि २९ गते सम्म स्व लोक बहादुर पुन स्मृति कप रास्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ हुने जसमा लिगको आधारमा खेल खेलाईने र खेलमा ८ टिमको सहभागी रहेको छ ।
१ त्रिभुबन आर्मी क्लब
२ ए पी अफ कल्ब , काठमान्डौ
३ नेपाल पुलिस क्लब , काठमान्डौ
४ होडवांजी न्यु डाईमण्ड स्पोर्ट्स क्लब , काठमान्डौ
५ कंचनपुर भलिबल टेर्निङ्ग सेन्टर
६ एभरेस्ट स्पोर्ट्स कल्ब , बुटवल
७ चुली युवा क्लब , सुर्खेत
८ कर्पाकेली पुन युवा कल्ब ,

आयोजक गरि ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरि लिगको आधारमा खेल संचालन हुनेछ।

२०५० साल देखि स्थापना भएको कर्पाकेली युवा क्लबले नेपाली संस्कृति र नेपाली खेलकुद प्रबर्द्धनको लागि बिगत देखिनै यस्ता कार्य गर्दै आइरहेको , गत वर्ष आमन्त्रित रास्ट्रिय पुरुष भलिबलको आयोजना गरेको र यस वर्ष स्व लोक बहादुर पुन स्मृति कप रास्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ गर्न लागेको कल्बका अध्यक्ष एबम पत्रकार सम्मेलनका सभा प्रमुख चक्र बहादुर पुनले बताएका छन्।

नेपाली रास्ट्रिय टिमका खेलाडी द्वय अरुणा शाही र सरस्वति चौधरी बाहेक प्रतिभा माली सोफिया पुन कमला पुन सलिना श्रेष्ठ लगायतका अरु खेलाडी विभिन्न क्लब संग आबद्ध भएर आउने सभा प्रमुख चक्र बहादुर पुनले जानकारी दिएका छन्।
कर्पाकेली आफ्नो कुलको देवता भएको र देवताकै आशिर्बाद रहेकोले यस्ता खेलबाट समग्र खेलप्रेमी र खेलाडीको मनोबल उच्च राख्नको निमित्त खेल हुने , खेल समुद्घाटनको दिन र्याली निकालिने र सोहि दिन सोफिया पुन र कमला पुनलाई समग्र पुनको पहिचान स्वरुप सम्मान गरिने प्रमुख अतिथि भिम बहादुर पुनले बताएका छन्।


प्रथम हुने टोलीले रु दुई लाख ट्रफी मेडल र प्रमाण पत्र ,द्वितीय पुरस्कार एक लाख ट्रफी मेडल र प्रमाण पत्र , तृतीय पुरस्कार पचास हजार ट्रफी मेडल र प्रमाण पत्र र सान्त्वना पुरस्कार पच्चीस हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्।
सम्पूर्ण खेलको लागत खर्च सत्र लाख पन्ध्र हजार हुने ,खेल हेर्नको निमित्त रु सयको टिकट रहेको , खेलमा अन्तरास्ट्रिय रेफ्री द्वारा खेलाइने र खेलको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक सुक बहादुर पुनले बताउनु भएको छ।
पुर्बी चितवनमा नै पहिलो पटक हुन लागेको रास्ट्रिय महिला भलिबल प्रतियोगिता आम मानस माझ मिडिया मार्फत पुर्याउनको निमित्त पत्रकारको मुख्य भूमिका हुने र साथ दिनको लागि कार्यक्रम संचालक एबम क्लबका सह सचिब सोम बहादुर पुनले अपिल गरेका छन् ।


Like it? Share with your friends!