कप्तानलाई पहिलो खेलमै सफलता ,नेपालको जितमा दीपेन्द्रको कमाल


शेयर गर्नुहोस्

२८ माघ, चितवन ।
विस्वको ८औ कान्छा कप्तान सन्दीप लामिछानेलाई पहिलो खेलमै सफलता मिलेको छ। चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।


दीपेन्द्र सिंह ऐरीले ५३ बलमा ८ चाैका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनकाे लक्ष्य नेपालले ३ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

ग्लोबल क्वालिफायरको लागि तयारी स्वरुप खेलिएको खेलमा नेपाललाई पहिलो खेलमै जित हात पर्दा खेलाडीको आत्मविश्वास बढेको छ।
ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
ग्लोबल क्वालिफायरको पहिलो समूहमा नेपालसहित ओमान, क्यानडा र फिलिपिन्स छन् । यस्तै अर्काे समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
नेपाल र ओमानबीच १८ फेब्रुअरीमा उद्घाटन खृल हुनेछ । यस्तै नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ का क्यानडासँग खेल्नेछ ।
दुवै समूहको शीर्ष दुईमा रहने टिम सेमिफाईनल प्रवेश गर्नेछन्।सेमिफाईनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुनेटी-२० विश्वकपमा छनोट हुनेछन् ।
टी-२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई सम्मिलित टी-२० सिरिज खेल्नेछ ।


Like it? Share with your friends!