पौष २७ चितवन।
दीपक घर्ति मगर र दिलिप कुमार तमाङ्गको स्वरमा १ बिटमा १२ गीत म्यासप नेपाली गीत Dilip Kumar Tamang’GARAB’ युटुब मार्फत रिलिज गरिएको छ।

नेपाली संगीतमा कभर गीतको छुट्टै स्थान रहेको छ। नेपाली गीतमा रमाउने नया पुस्ताका श्रोता दर्शकलाई मात्र नभई समग्र नेपाली संगीत प्रेमीको लागि युवा गायक दीपक मगरको यस अघिको लोक गीत म्यासपले निकै चर्चा बटुलेको छ ।
गायक द्वय दीपक घर्ति मगर र दिलिप कुमार तमाङ्ग १ बिट १२ गीतको संगीत संयोजन पूर्ण संयोग , छायांकन बिशाल श्रेष्ठ / सितल श्रेष्ठ , संगीत मिश्रण रुबिन घर्ति मगरको रहेको छ भने गीत रेकर्ड मन्जरी रेकर्डिङ्ग स्टुडियो बाट गरिएको छ।

पुराना तथा चर्चित गीतलाई कभर गर्दा मिहिनेत र खर्च नया गीत बराबरनै हुने तर पुराना यादहरुलाई ताजा गराउन कभर गीत बनाउने गायक घर्ति मगरले मिठो कुरा डट कामलाई बताएका छन् ।
भिडिओ हेर्नुहोश –