चितवन जिल्ला लिगमा सौराहाको लगातार तेस्रो बराबरी


शेयर गर्नुहोस्

पौष २७ , चितवन।

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् । बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए ।लिग अन्तर्गत आजको दोस्रो खेल रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।


Like it? Share with your friends!