मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


शेयर गर्नुहोस्
२५ पौष , काठमाडौं।  
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परि रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Like it? Share with your friends!