चितवन सेवा समाज अससको बनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


शेयर गर्नुहोस्
 २५पौष , काठमाडौं।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको बनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक बर्ष यसै समयमा हुने बनभोज यस पटक रत्ननगरको टिकौलि इको पार्कमा सम्पन्न भएको हो ।
कार्यक्रम औपचारिक तथा अनौपचारिक रुपमा गरिएको थियो । औपचारिक कार्यक्रममा निबर्तमान अध्यक्ष तथा प्रमुख अतिथि मुक्ति प्रसाद अधिकारीले संस्थामा नेतृत्व गर्दा नरम स्वभाव र सबैलाई समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका सभापति तथा अध्यक्ष समिर खत्रीले विभिन्न राष्ट्रका चियुस शाखाहरुले गर्दै आउनु भएका सहयोग र साथले अससको कार्यक्रमहरु सफल हुदै आएको बताउनु भयो ।
अध्यक्ष खत्रीले वे ग्रुपको सहकार्यमा चितवन महोत्सवमा अससको स्टल रहने र बैदेसिक रोजगारीमा गएर नेपाल आउनु भएको चितवनेहरुको डाटा तयार गर्ने जानकारी दिनुभयो ।
अनौपचारिक कार्यक्रम अन्तर्गत घैटो फुटाई कार्यक्रममा महिला तर्फ भरतपुरकि सिता अधिकारी र पुरुष तर्फ रत्ननगरका लक्ष्मण पौडेल सफल हुनुभयो । विजेताहरुलाई बनभोज कार्यक्रमकि संयोजक सिता कडेंल र उपाध्यक्ष दिपक गौतमले पुरस्कार वितरण गर्न भएको थियो ।
कार्यक्रमलाई संस्थाका महासचिव मित्रलाल पाण्डेले सहजिकरण गर्नु भएको थियो ।

Like it? Share with your friends!