बौद्धमा हत्या गरिएको अवस्थामा युवक युवती मृत फेला


शेयर गर्नुहोस्
काठमाडौं-
काठमाडौं महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक(युवती कोठामै मृत फेला परेका छन्।
संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राई धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा कोठामा मृत फेला परेका हुन्।
अनलाइन खेल ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०र२२ दिन मात्र भएको पाइएको प्रहरीले जनाएको छ। बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरूबीच केरकसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीले बताएका छन्।
कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएको प्रहरीले जनाएको छ ।

Like it? Share with your friends!