नयाँ वर्षलाई स्वागत गरी गुरुङ समुदायले आज ल्होसार मनाउँदै, यस अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना


शेयर गर्नुहोस्

मनाउँदैछन् । नयाँ वर्षको स्वागत गरी गुरुङ समुदायले मनाउने ल्होसारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन् ।

राष्ट्रपति भण्डारीको सन्देशमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व उल्लासपूर्वक मनाइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरिएको भन्दै शुभकामना दिएका छन् ।

यो समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदै आएकाछन् ।


Like it? Share with your friends!