” छुट्यो माया ” मौलिक झ्याउरे भाका , भिडिओ सहित


शेयर गर्नुहोस्

बैशाख ०३ चितवन।

नेपाली लोक संगीतमा मौलिक लोक भाका ” छुट्यो माया ” चरी बस्यो भाग २ सबिन गुरुङ , सीता गुरुङ र हरि माया गुरुङको स्वरमा युट्युब मार्फत रिलिज गरिएको छ।


आऊ है माया ,आधा मुटु सालैजो भाका , मोहनी कौडा लगाएतका चर्चित गीतका गायक सबिन गुरुङले यस पटक ” छुट्यो माया ” मौलिक झ्याउरे भाका नेपाली लोक संगीतमा ठेट भाकालाई नबिर्सौ भन्ने भाव दर्शाएका छन्।
” छुट्यो माया ” मौलिक झ्याउरे भाकामा स्वर तथा सब्द सबिन गुरुङ , सीता गुरुङ र हरि माया गुरुङको ,कोरस गायनमा सिसिर गुरुङ,
शितल गुरुङ ,बिमल परियार,रुपी सिंजाली मगर ,प्रेम रानाले साथ दिनु भएको छ।

गायक सबिन गुरुङ


लय तथा संकलन सबिन गुरुङ , शितल गुरुङ र बिमल परियारको ,संगीत संयोजन दिवान किनारको रहेको छ भने भिडिओको निर्देशन दिप गुरुङले गर्नु भएको छ जसमा अभिनय सुरज गुरुङ , मनिता गुरुङ र गायक सबिन गुरुङको नै रहेको छ । ” छुट्यो माया ” मौलिक झ्याउरे भाका गीतमा नृत्य आनन्द गुरुङ ,आशिष गुरुङ ,सुदिप गुरुङ ,बबिता गुरुङ ,पार्वती गुरुङ ,गंगा गुरुङ को देख्न सकिन्छ भने कथा सुरज गुरुङले लेख्नु भएको हो।
धादिङ जिल्लाको सुन्दर ठाउँ डाडा गाउँको सेरोफेरोमा खिचिएको भिडिओको छायांकन विजय लामाको , ड्रोन बिकाश दाहालको रहेको छ।

भिडिओ हेर्नुहोश –


Like it? Share with your friends!