यात्रा ग्रुपको ५ औँ वार्षिकोत्सव साहाराको घरमा


शेयर गर्नुहोस्

चैत्र २९ चितवन ।

सामाजिक तथा युवाहरुको हितमा काम गर्दै आएको संस्था यात्रा ग्रुप चितवनले भरतपुर–११ स्थित सहाराको घरमा खाना खुवाएर आफ्नो ५ औँ वार्षिकोत्सव मनाएको छ । सहारामा आश्रित बालिकाहरुलाई केही सहयोग र राहत मिलोस भन्ने हेतुले एक छाक खाना खुवाएर बार्षिकोत्सव मनाएको हो ।

कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर सहाराको घरमा खाना शनिबार सांँझ खाना वितरण गरिएको थियो । यात्रा ग्रुपको ५ औँ वार्षिकोत्सव खाना वितरण गरेर मनाईएको ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका १८ जना बेसहारा बालिकाहरूलाई शनिवार साँझको खाना खुवाइएको हो । खाना वितरण कार्यक्रममा बोल्दै ग्रुपका संरक्षक एवम् भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले युवाहरूको पहलमा भएको यो पवित्र कार्यले अरुलाई समेत प्रेरणा भर्ने काम गरेको बताए । यस्ता कार्यहरु निरन्तर गर्नु संस्था तथा समाजका नागरिकको कर्तव्य र दायित्व रहेको भन्दै डा. अधिकारीले कोरोना महामारीले निम्त्याएको यो संकटको बेला गरिएको ग्रुपको सहयोग प्रति खुशी व्यक्त गरे । उनले यस्ता संस्थाहरु सबैमा सहयोगी भावना हुनुपर्ने बताए ।

ग्रुपका अध्यक्ष कृष्ण कार्कीले युवाहरूलाई सामाजिक सेवामा लाग्न सन्देश दिने उद्धेश्यका साथ सामाजिक कार्य गरि वार्षिकोत्सव मनाईएको बताए ।े आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता उनको भनाई छ । क्लबका सल्लाहकार सुशील केसीले कोरोना र लकडाउनका कारण धेरै यस्ता सामाजिक संस्थाहरु समस्यामा परेको हुन सक्ने भन्दै सकेको सहयोग गर्न सबैलाई आग्रह गरे । सहाराको घरकी अध्यक्ष स्वस्तिका तिवारीले सहयोगको लागि यात्रा ग्रुपलाई धन्यवाद व्यक्त गरिन । कार्यक्रममा यात्रा ग्रुपका युवाहरूको सहभागिता रहेको थियो । सामाजिक क्षेत्रमा समेत निकै सक्रिय यात्रा ग्रुप भरतपुरका युवाहरुको एक समुह हो । यस ग्रुपले यसअघि पनि विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आएको छ


Like it? Share with your friends!