नेपाली लोक संगीत , नेपाली संगीतको पहिचान हो – गायक जी बि सुनार


शेयर गर्नुहोस्

राजन दिल गुरुङ
फाल्गुन १५ चितवन।
हरेक विधाका नेपाली संगीतमा १ दशक बढी समय बिताएका जी बि सुनार भन्छन नेपाली लोक संगीत , नेपाली संगीतको पहिचान हो।


गायक , रचनाकार तथा संगीतकार जी बि सुनारले विशेष गरि प्रत्यक्ष लोक दोहोरि मार्फत दर्शक श्रोताको मन जितेकाछन्। लामो समय देखि देखि नेपाली संगीतमा साधना गरेका सुनारले संगीता पाठसाला खोलेर संगीत प्रसिक्षण समेत दिने गरेका छन् तर पछिल्लो समयमा साना उमेरका संगीत प्रेमीहरुको लागि जो संगीत पाठसाला पुगेर सिक्न पाउदैनन उनका लागि विभिन्न स्कुलमा पुगेर प्रसिक्षण दिने गरेका छन्।

गायक जी बि सुनार


गायक सुनारका चर्चित गीतहरु मध्ये ” फुल फुल्यो ” , पश्चिमी भाका “सुवा धनगडी ” , तीजको गीत “फुरुरु नाच बरिलै ” जस्ता गीतले दर्शक श्रोताको मन जितेको छ। गायक सुनारको संगीत तथा सब्दमा रहेको “दैब हे” बाल गायक आर्यन राना मगरको स्वरमा रहेको छ , यस गीतले पनि बल गायक मगरको चर्चा बढेको थियो।
अहिले विभिन्न स्कुलमा गएर प्रसिक्षण दिएका गायक सुनारका प्रसिक्षात्रीहरुले चाडै नै नेपाली संगीतमा भिजेको पाउदा आफुलाई खुशी लाग्ने मिठो कुरा डट कम लाई बताउछन।

ग्रीनल्याण्ड पब्लिक कक्षा ६ का भाईहरुको प्रतिभा
भिडिओ हेर्नुहोश –


Like it? Share with your friends!