राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ को उद्घाटन खेलमा स्याङ्गजाको जित


शेयर गर्नुहोस्

राजन दिल गुरुङ
माघ १३ चितवन।
पुन समाज नेपाल पुर्बी चितवनको १४ औ बार्षिक साधारण सभाको अबसरमा करवाकेली पुन युवा क्लबद्वारा आयोजित स्व. यम बहादुर पुन स्मृति कप राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ को पहिलो खेलमा वालिङ्ग भलिबल क्लब , स्याङ्गजा बिजयी भएको छ।


नेपाल भरका रास्ट्रिय खेलाडी हरु आबद्ध भएको राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ मा कुल ८ टिमको सहभागीता रहेको छ। माघ १७ गते सम्म चल्ने प्रतियोगितामा आज चितवन भलिबल संघ चितवनलाई ३ – १ को सेटमा पराजित गर्दै वालिङ्ग भलिबल क्लब , स्याङ्गजाले पहिलो जित निकालेको थियो।
भोलि माघ १४ गते पहिलो खेल मणिमुकुन्द भलिबल क्लब ,रुपन्देही बिरुद्ध नवलपुर भलिबल संघ , नवलपुर दोस्रो खेल पाल्पाली भलिबल क्लब , नवलपरासी बिरुद्ध साहारा सुपर मार्केट सौराहा चितवन , तेस्रो खेल वालिङ्ग भलिबल क्लब स्याङ्गजा बिरुद्ध मणिमुकुन्द भलिबल क्लब ,रुपन्देही चौथो खेल करवाकेली पुन युवा क्लब चितवन बिरुद्ध पाल्पाली भलिबल क्लब , नवलपरासी पाचौ खेल चितवन भलिबल संघ चितवन बिरुद्ध नवलपुर भलिबल संघ , नवलपुर बीच हुने र छैटौ खेल आज बिबिध कारण बस हुन नसकेको करावाकेली युवा क्लब चितवन बिरुद्ध अभिषेक चर्च रजहर विच खेल हुने खेल संयोजक सोम पुनले जानकारी दिएका छन्।


सेमी फाईनल अघि सम्मको खेल लिग चरणमा हुनेछ भने खेलको सेमीफाइनल र फाइनल नकाउट चरणमा हुनेछ। यस प्रतियोगिताको सेमिफाइनल र फाइनल १७ गते हुनेछ।


Like it? Share with your friends!