राजन दिल गुरुङ , पुस २२ चितवन।

रनपा ५ मा अबस्थित झुवानी मा बि दृस्टी बिहिन होस्टेलका आशिका राउतलाई मिलन लामाले आर्थिक सहयोग गरेका छन्।
दृस्टी बिहिन होस्टेलका ४० जना बिद्यार्थी मध्ये आशिका राउत भबिस्यमा गायिका बन्ने रहर गरेकी छिन। सुमधुर स्वर र जुन सुकै विधाका गीतलाई पनि सजिलो र मधुर्यताका साथ गाउन सक्ने खुबी देखेर चर्चित लोक गायक मिलन लामाले आसिर्बाद स्वरुप नगद रु पाँच हजार प्रदान गर्नु भएको छ।
भबिस्यमा गीत संगीत सिकेर नेपाली संगीतमा उज्वल भबिस्य बनाउन सक्ने खुबी आशिकामा रहेको र अन्य विद्यार्थीमा पनि भरपुर क्षमता देखेको लामाले आफुले जानेको र पुगेको ठाउँ सम्म पुर्याउनको निमित्त लागि पर्ने र संगीत सिक्न इच्छा राख्नेलाई आफ्नो खर्चमा संगीत सिकाई दिने पनि बताउनु भयो।

हाल सम्म साथी भाईको सहयोग , आफ्नो सिरको टोपी लिलामी , विदेशको स्टेज बाट आएको रकम र बिबाह छेवर जस्ता कार्यक्रममा आवाज बेचेर आएको रकमबाट हाल सम्म बिपन्न परिवारलाई १७ वटा घर बनाई सकेका छन्। जीवन भरमा यस्ता १०० घर बनाउने चाहना रहेको मिलन लामा मिठो कुरा डट कामलाई बताउनु हुन्छ।
भिडिओ हेर्नुहोश –
0 Comments