संगैको साथीको चर्चा बढ्दा यस्तो भयो भिडिओ सहित


शेयर गर्नुहोस्

राजन दिल गुरुङ
पुस १६ चितवन।

गायक तथा निर्देशक सशान कंडेल

गायन संगै निर्देशनमा पनि अब्बल बनिरहेका गायक तथा निर्देशक सशान कंडेलको ” संगैको साथी ” बोलको म्युजिक भिडिओ हालै युट्युब मार्फत रिलिज भएको छ ।
टिकटकबाट चर्चा बटुलेका सन्तोष बस्नेतको अभिनय , ओखलढुङ्गामा रहेको च्यानम गाउँ जुन सुन्दर भए पनि त्यहाँ भित्रको आर्थिक अभाबको चित्रण यस भिडिओमा देख्न सकिन्छ।

टिकटक स्टार सन्तोष बस्नेत र आमा

गायक तथा निर्देशक कंडेल डेढ दशक देखि संगीत क्षेत्रमा आबद्ध छन्। पछिल्लो समय चर्चामा रहेको हरे राम हरे कृष्ण भाग १ र भाग २ कंडेलको आधुनिक भजन जसलाई हरेक उमेरका श्रोता दर्शकले अत्याधिक रुचाएका छन्।


आफुले निर्देशन गरेको म्युजिक भिडिओमा नयाँ नयाँ मिहेनती कलाकारलाई स्थान दिदै आएका कंडेलको ” संगैको साथी ” मा स्वर तथा संगीत सशान कंडेल , सब्द सिन्चुरी सुरेश घमाल , संगीत संयोजन बिनय कार्की ,गितार संजीव सुब्बा ,बासुरी सन्जीब मैनाली , हमिंग सोभा तामांग पार्श्व गायन मिना सिङ्ग , छायांकन सुरज खनाल शृंगार बुद्धि पाख्रिनको रहेको छ।
टिकटक स्टार सन्तोष बस्नेत को आफ्नै गाउँ मा छायांकन भएको यस भिडिओबाट पनि हरेराम हरे कृष्ण को जस्तै साथ दर्शक श्रोताको रहने आशा रहेको गायक तथा निर्देशक कंडेल मिठो कुरा डट कमलाई बताउछन।


भिडिओ हेर्नुहोश –


Like it? Share with your friends!