
राजन दिल गुरुङ
पुस १४ चितवन।
गुरुङ (तमु) जातिको महान पर्व २६०४ औ तमु ल्होसारको अघिल्लो दिन पुस १४ देखिनै भब्यताको साथ देश तथा बिदेसमा रहेका गुरुङहरुले मनाईरहेका छन्।

पुस १५ लाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दै आइरहेका छन्। यसपालिको पुस १५ मा तिथि मिति अनुकुल नरहेको हुदा लुधो गाड्ने कार्य अघिल्लो दिन गरेको लामा गुरुले बताएका छन्। ल्हो को अर्थ वर्ष र सार को अर्थ नयाँ भएको हुदा ल्होसार भएको किम्बदन्तीमा उल्लेख छ।
राप्ती नगर ७ मा रहेको तमु समाज पुर्बी चितवनले , नव निर्मित तमु समाज पुर्बी चितन राप्ती नगर ७ को समाज घरको जग्गा दाता खगेन्द्र कुमार घलेलाई दोसल्ला र मायाको चिनोले सम्मान गर्नुको साथै पुर्बी चितवनका धेरै जसो गुरुङहरुलाई समाज घरमा राखेर एक आपसमा लोसारको सुभकामना आदान प्रदान गर्नुको साथै सांस्कृतिक कार्यक्रम र खान पिनको कार्यक्रम पनि गरेको थियो।
फोटोमा तमु ल्होसारका झलक हेर्नुहोस –






0 Comments