मिठो कुरा डट कम
२८, मंसिर २०७७

अष्ट्रेलियन लिग बिग ब्यासमा क्लब होबार्ट हुरिकेन्समा नयाँ अनुबन्धित नेपाली लेग स्पिनर सन्दिप लामिछाने टिममा परे लगत्तै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। सन्दिपले नयाँ बीबिएल क्लबका लागि खेल्न पाउनेमा उनको क्लब हुरिकेन्स आशावादी देखिएको छ ।
हुरिकेन्सका प्रशिक्षक एडम ग्रिफिथले गत सिजनमा गरेको गल्ति फेरी नदोहोरियोस भन्नका लागि टिममा ठुलो फेरबदल गर्न लागेका छन् । अफगानिस्तानका मुजिब रहमान कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा रहेका छन् भने उनको अभाव सन्दिपले पुरा गर्ने हुरिकेन्सको विश्वास छ ।
हुरिकेन्सका प्रशिक्षक एडम ग्रिफिथले टिमका पूर्व खेलाडी तथा दक्षिण अफ्रिकी अन्तर्राष्ट्रिय जोहान बोथालाई लामिछानेको आगमन हुनु अघि नै टिममा फर्कनका लागि मनाइसकेका छन् ।
बीबीएलका लागि यस सिजन हुरिकेन्सले सन्दिप लामिछाने, डेविड मालन, कोलिन इन्ग्राम, कीमो पल, र विल जैकलाई पनि अनुबन्ध गरिसकेको छ भने यस सिजन आफ्नो टिमले सर्वोत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक ग्रिफिथले बताएका छन् ।
‘गत वर्षको सिजनको समीक्षा पछि हामीले सोचेका थियौं कि हाम्रो खेलाडी सूचीमा केही फेरबदल गर्नुपर्ने आवश्यक छ । हामीले विगत दुई वर्षयता टिमलाई व्यवस्थित गरेका छौं, हामी आफैंलाई साँच्चिकै राम्रो अवस्थामा ल्याउन सक्षम भएका छौं’ ग्रिफिथले भने।
‘आउने सिजनका लागि हामीसामु विकल्पहरू छन्, हामी आफैंले ल्याएका खेलाडीहरुहरूसँग हामी खुशी छौं। यो अहिले सम्मकै सबभन्दा उत्कृष्ट खेलाडीहरुको सुची हो’ प्रशिक्षक ग्रिफिथले टिमबारे बोल्दै भने थिए।
0 Comments