नेपालले खेल्ने महिला टी-२० विश्वकपकाे एशिया छनाेट मलेसियामा हुने


मिठो कुरा डट कम
२८, मंसिर २०७७

सन् २०२३ मा हुने महिला टी २० विश्वकपको मिती तय भएको छ । जसमा नेपालले खेल्ने छनोट प्रतियोगिता २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म मलेसियामा हुने भएको छ ।

एशिया छनोट अन्तर्गत हुने यो प्रतियोगितामा नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत म्यानमार, मलेसिया र यूएईको सहभागिता रहनेछ ।

आइसीसीले जारी गरेको विज्ञेप्तीमा यो प्रतियोगिता २०२३ को फेब्रेवरी नौ देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ ।

१० टिमको सहभागिता रहने प्रतियोगितामा सात टिम अष्ट्रेलियामा २०२० मा भएको विश्वकपबाट छनोट भइसकेका छन । बाँकी दुई टिम क्षेत्रीय छनोट हुँदै ग्लोबल छनोटबाट आउनेछन ।

क्षेत्रीय छनोट २०२१ को अगष्टबाट सुरु हुनेछ । जसमा ३७ देशको सहभागिता रहने भएको छ । २०२० मा भएको महिला टी २० विश्वकपमा सहभागि टिमबाट बढाएर २०२३ को विश्वकपमा १० टिम बनाइएको छ ।

छनोट प्रक्रियामा भुटान, बोट्स्वाना, क्यामरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स, टर्कीले पहिलो पटक आइसीसीको प्रतिस्पर्धामा सहभागिता जनाउँदैछन । यस्तै अर्जेन्टिना र ब्राजिलले २०१२ पछि पहिलो पटक आइसीसीको प्रतियोगिता खेल्न लागेका हुन । यो छनोटमा नेपालले पनि सहभागिता जनाउनेछ ।

विश्वकप छनोटका लागि पाँच वटा महादेशमा प्रतियोगिता गराइने भएको छ । जसमा २०२१ को नोभेम्बर ३० तारिखसम्म आइसीसीको बरियतामा पुछारमा रहेको दुई टिम समावेश हुनेछन ।


Like it? Share with your friends!

What's Your Reaction?

angry angry
0
angry
confused confused
0
confused
cry cry
0
cry
cute cute
0
cute
damn damn
0
damn
dislike dislike
0
dislike
fail fail
0
fail
fun fun
0
fun
geek geek
0
geek
happy happy
0
happy
runche haso runche haso
0
runche haso
like like
0
like
LOL LOL
0
LOL
love love
0
love
OMG OMG
0
OMG
hasayo hasayo
0
hasayo
sad sad
0
sad
darr lagyo my lord darr lagyo my lord
0
darr lagyo my lord
yummy yummy
0
yummy
WTF WTF
0
WTF
Cool Cool
0
Cool
wakka wakka
0
wakka

0 Comments

Your email address will not be published. Required fields are marked *