
मिठो कुरा डट कम
२८, मंसिर २०७७
आज देशका अधिकांश क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित हुने भएको हो।
अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने छ। आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।
प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।