
राजन दिल गुरुङ
२८, मंसिर २०७७
मेलिना राई र दिल विश्वकर्माको स्वरमा रहेको ” अस्ट्रेलिया जाउलि माया ” मा चर्चित हास्य कलाकार बले र इकुले आञ्चल शर्मालाई अस्ट्रेलिया जानको लागि आग्रह गरेको म्युजिक भिडिओ युट्युब मार्फत रिलिज भएको छ ।
हास्य कलाकार द्वय बले ( सागर लम्साल ) र इकु ( सुलेमान शंकर ) ले चर्चित नायिका आंचल शर्मालाई अस्ट्रेलिया लैजाने भन्दै गरिएको अभिनयले गीतलाई थप रमाइलो र संदेशमुलक बनेको दर्शक श्रोता प्रतिक्रिया युट्युब कमेन्टमा पढ्न पाईन्छ।
गायक विश्वकर्मा हाल कोरियामा रहेर आफ्नो पहिलो प्रस्तुति दर्शक श्रोता माझ प्रस्तुत गर्न पाउदा खुसि भएको मिठो कुरा डट कम लाई बताउछन।
प्रकाश न्यौपानेको सब्द ,तिलक बस्नेतको संगीत ,रमेश सेंचुरिको संगीत संयोजन , नृत्य निर्देशन सुरेन्द्र बसेल , भिडिओमा सहायक निर्देशन माधब शर्मा / विकाश प्रसाईले र भिडिओ निर्देशन मुस्कान ढकालले गर्नु भएको छ।
8K Everest Motion Pictures द्वारा बजारमा आएको भिडिओको हाल सम्म ८ लाख भन्दा बढी पटक हेरिएको छ।
भिडिओ हेर्नुहोश –