एजेन्सी
२८, मंसिर २०७७

अमेरिकामा भोलि सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ। अमेरिकाले फाइजर र बायोएनटेक खोप दिन लागेको हो।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ। एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो।
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याईने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ।
0 Comments