
स्वचालित क्यामेराको सहयताले सो बाघ कैद गरिएको हो । नेपालमा अहिलेसम्म सो उचाईमा बाघ नभेटिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
वन तथा भूसंरक्षण विभागका अनुसार रोयल बंगाल टाइगरले परिचित सो बाघको तस्वीर इलामा जिल्लामा समुन्दी सतहबाट ३,१६५ मिटर उचाईमा गत नोभेम्बर १३ देखि २१ को विचमा कैद गरिएको हो ।
यस अगाडि भुटानमा सन् २०१८ मा ४,०३८ मिटर उचाईमा र भारतको अरुणाज्चल प्रदेशमा ३६३० मिटर उचाईमा बाध भेटिएको थियो । नेपालमा भने डडेलधुरा जिल्लामा २,५०० मिटर उचाईमा बाध पाइएको थियो ।
जलवायु परिवर्तनको कारण बाघहरु क्रममा उच्च भेगमा चढ्न थालेको विज्ञहरुले बताएका छन् । सो प्रजातिको बाघ लोपोन्मुख मानिन्छ ।
सन् २०१८ मा गरिएको जनगणना अनुसार नेपालमा बाघको संख्या २३५ रहेको छ । भखैरै प्राप्त उक्त तस्वीरले कंचनजंघा भूपरिधीमा बिरालो प्रजातिको बाघको संख्या ८ पुगेको छ ।