धोका पाएकालाई टोनिक ” दोबाटोमा भेट भयो ” भिडिओ सहित



फाल्गुन ०८ चितवन ।
चर्चित गायक तथा संगीतकार सुमन केसीको स्वोरमा रहेको सेण्टिमेण्टल गीत ” दोबाटोमा ” युट्युब मार्फत लिरिकल भिडिओ सार्बजनिक भएको छ ।
नरेन पुनको संगीत , राजन दिल गुरुङ्गको सब्द र गायक केसीको संगीत संयोजन रहेको उक्त गीत यस अघि नवोदित गायक नरेन पुनले पनि गाएका थिए ।
केसी संगीत क्षेत्रमा लागेको एक दशक भन्दा बढी भैसकेको र पछिल्लो समयमा क्याप्टेन चलचित्रको ” सक्दिन बाच्न “( तिमी छौ र जिबन छ ) बोलको गीतबाट निकैनै चर्चा बटुल्न सफल भएका थिए । बिशेष गरि संगीत संयोजनमा ब्यस्त हुने भएको हुदा दर्शक श्रोताले केसीको खुबीलाई अनुभूत गर्न पाएका थिएनन ।
” दोबाटोमा भेट भयो ” धोका पाएका प्रेमीको कथालाई समेटिएको र यो मर्म स्पर्सि गीतबाट राम्रो प्रतिक्रिया पाउनेमा गायक तथा संगीतकार सुमन केसी आशाबादी रहेको मिठो कुरा डट कमलाई बताएका छन् ।

भिडिओ हेर्नुहोश –




0 Comments

Your email address will not be published. Required fields are marked *