भोइस अफ नेपाल सिजन २ पछि ,मधु लामाको ” जाउन सरर ” बोलको रोमान्टिक गीत , भिडिओ सहित



राजन दिल गुरुङ , माघ २९ चितवन ।


भ्यालेण्टाईन डे नजिक मधु लामाको ” जाउन सरर ” बोलको रोमान्टिक गीत युट्युबबाट मार्फत रिलिज भएको छ ।
भोईस अफ नेपाल सिजन २ बाट सुमधुर आवाजका कारण चर्चामा आएका गायक मधु लामाको नया गीत ” जाउन सरर ” मा डि पी खनालको सब्द , मनोज थापा मगरको संगीत तथा संगीत संयोजन , मनोज थापा मगर र रक्षा बस्नेत (प्याकुरेल) को अभिनय , अनिल कटवालको छायांकन , बिजेश पौडेलको भिडिओ सम्पादन , पुजा सुनारको शृंगार रहेको छ भने भिडिओलाई गायक लामालेनै निर्देशन गरेकाछन ।


नेपालको विभिन्न ठाउमा छायांकन गरिएको भिडिओ आफुले मिहिनेत गरेअनुसारको भएको र दर्शक श्रोताले रुचाउनेमा ढुक्क भएको गायक लामाले मिठो कुरा डट कमलाई बताएका छन् ।
भिडिओ हेर्नुहोश –



0 Comments

Your email address will not be published. Required fields are marked *