जिल्लास्तरीय अन्तर विद्यालय फुटसलको सेमिफाईनल भोलिदेखि



क्वाटर फाईनल खेल

माघ १४ चितवन ।

भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जारी जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगितामा भोलि सेमिफाइनल खेल हुने भएको छ ।

जारी प्रतियोगितामा आयोजक ग्रिनल्याण्ड पब्लिक स्कुलसँगै सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मीकि शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा स्थान बनाउनका लागि ग्रिनल्याण्डले अर्किड स्कुललाई ४-० ले पराजित ग¥यो । आजै सम्पन्न अर्को खेलमा सनराइजले होली भिजनलाई ३\१ तथा डेजीले डन एकेडेमीलाई ६-० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकविरुद्ध १०-० को फराकिलो जित निकाल्दै वाल्मीकिले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि बुधबार ग्रिनल्याण्ड र सनराइज तथा डेजी र वाल्मीकि भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछ ।



0 Comments

Your email address will not be published. Required fields are marked *