डिएसएलआर सेवाको फोटोग्राफी तालीम



माघ १४ चितवन ।
नारायणी नदि किनारबाट आफ्नो सेवा सुचारु गरेको डिएसएलआर सेवाले फोटोग्राफी तालीम दिने भएको छ। यही माघ २५ गते शनिबार देखि चौबीसकोटिमा रहेको डिएसएलआर सेवाको कार्यलयबाट नै तालीम दिन लागेको हो।
चितवनमा व्यवसायीक फाेटाेग्राफी गर्दै आएको डिएसएलआर सेवाले फोटोग्राफिमा इच्छुक तर फोटो खिच्न नजानेका युवा वर्गलाई लक्षित गर्दै फोटोग्राफी तालिमको आयोजना गर्न लागिएको डिएसएलआर सेवाका प्रवन्ध निर्देशक सन्तोष कुँवरले बताउनुभयाे। कुँवरका अनुसार तालिममा क्यामरा र फाेटाे सम्बन्धि सम्पूर्ण ज्ञान दिइनेछ। जसअन्तर्गत १४ दिनकाे लागि क्यामरा कसरी चलाउने, दिनमा र रातमा कसरी फाेटाे खिच्ने, लाइटहरु कसरी मिलाउने, जुम कसरी गर्ने, जुम लेन्स कसरी चलाउने जस्ता विविध कुराहरू सिकाइने छ। साथै प्रयोगात्मक शिक्षा समेत दिइने छ। तालिममा सहभागी हुनकाेलागी ५ हजार रुपैयाँ लाग्ने कुँवरले बताउनुभयो।


पछिल्लो समयमा युवा पुस्ता फोटोग्राफीमा रुचिकर भएको तर सिक्नको लागि उपयुक्त स्थान नपाएको हुनाले तालिम दिन आफु अग्रसर भएको कुवर बताउछन ।
भरतपुर चौविसकोटीबाट क्यामेरा चलाउन इच्छा राखेका तर पैसा कम भएकाको लागि गुणस्तरीए सेकेण्ड ह्यान्ड क्यामेरा पनि उपलब्ध गराउने प्रवन्ध निर्देशक सन्तोष कुँवरले मिठो कुरा डट कम लाई बताउनु भएको छ ।



0 Comments

Your email address will not be published. Required fields are marked *