ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत बर्ष , फ़ुटसलको दोस्रो चरण शुरु



माघ १४ चितवन । ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत बर्षको अवसरमा जिल्ला स्तरीय अन्तर बिद्यालय फुटसल प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेलहरु सम्पन्न भएको छ । रजत बर्ष अन्तर्गत आज (सोमबार) फुटसलको पहिलो चरणको ८ खेल सम्पन्न भएको संयोजक कृष्ण कार्कीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुलले अरोमा स्कुललाई ४-१ ले पाखा लगायो । आजकै दोस्रो खेलमा बाल्मिकी शिक्षा सदनले लिटल फ्लावर स्कुललाई ३-१ ले पराजित गर्‍यो ।

तेस्रो खेलमा डन एकेडेमीले प्रेरणा बोर्डिङलाई सडन डेथमा पराजित गर्‍यो । निर्धारित समयमा २-२ को बराबरी भएपछी खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा पनि बराबरी भएपछी खेलको निर्णय सडन डेथबाट लिईएको हो ।

आजै सम्पन्न अन्य खेलहरुमा नारायणी पब्लिक स्कुलले ज्ञान दर्शन स्कुललाई ८-० को फराकिलो अन्तरले पराजित गर्दा अर्किड स्कुलले ओम शान्ती एकेडेमीलाई पेनाल्टीमा ३-२ तथा स्टेप बाई स्टेपले जनप्रिय स्कुललाई ३-१ पराजित गर्‍यो । यस्तै डेजी स्कुलले गुरुकुललाई ४-२ तथा होली भिजनले बाललुमारी मा.विलाई ३-० ले पराजित गरेको छ ।

बिजयी टिमहरु क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलका खेलहरु मंगलबार हुनेछ । त्यस अघी प्रतियोगिताको चितवन फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले उद्घाटन गरेका थिए । प्रतियोगिताको बिजेताले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त- गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछ ।

गुण्स्तरिय शिक्षामा जोड दिदै आईरहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले भव्य कार्यक्रमका साथ रजत बर्ष मनाउदै छ । बिहीवारबाट शुरु भएको रजत बर्षको कार्यक्रमहरु १० दिनसम्म हुने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिईन् ।



0 Comments

Your email address will not be published. Required fields are marked *