धम्जाले दिएकाे अनुभव



शारदा सापकोटा धम्जा स्वास्थ्यचौकी काठेखोला ३ बाग्लुङ ।

शारदा सापकोटा

भौगोलिक बिधितताले भरिपूर्ण सुन्दर रमणीय हिउँ को चिसो हावा आउने धम्जामा मैले पाहिला टेक्दा सेताम्मे हिउँले ढाकेका डाँडा काँडा,मुटुनै हल्लीने चिसो हावा,छुनै डरलाग्दो चिसो पानी मलाई सास फेर्न पनि कठिनाइ भएकाे थियो।तर यहाँहरुको न्यानो मायाँले यि सबैकुरा पलभरमै भुलेर बिस्तारै ठाँउ अनुसार घुलमिल हुने बातावरण बन्यो । दिनदिनै को नयाँ अनुभव नयाँ सिकाइ ले अझै परिपक्व भएकाे आभाष हुदै गयो। नियुक्ति भएर आएको दिनदेखी अहिले सम्म यहाँहरु को साथ सहयोग मेरो लागि अपरिहार्य र महत्वपुर्ण थियो र छ पनी । करिब ४४ महिना को कार्यभार जे जस्तो भए पनि अथवा जे जस्तो गर्न सकेँ वा सकिन त्यसको मुल्याङ्कन यहाँरुवाटै होला तर शुरुका दिनमा केहि कठिनाइ भए पनि समय परिस्थिति अनुसार धेरै मुल्यबान सिप सिकेर हिडेकाे अनुभव भएकाे छ । कतीबेला केहि बाधा अबरोध पनि आएहोलान तर तिनी मेरा लागि, उर्जा र उत्प्रेरणा बनेर आए । आफु भन्दा धेरै कर्यानुभब भएका अग्रजहरु सङ्ग को सिकाइ बास्तबिक र प्रेरणादायी रह्यो। मान्छे न हो म बाट पनी धेरै गल्ति भएकाे होला भए क्षमा चाहान्छु र जिवनको बाँकि बाटोमा यस्ता गल्तीहरु नहोस भनेर सचेत रहने ज्ञान पनी संगै लिएर जानेछु। कहिले बिरामी सङ्ग नाच्दै गाउदै कहिले उपचार गर्दै दिन हरु जसरी बिते ति सबै मेरो मानस्पटल मा घुमिरहने छन। शुरुशुरुमा सोच्ने गर्थें नया ठाँउ नयाँ परिबेश कस्तो होला भनेर तर सोचेको भन्दा धेरै माया पाउदा आफुलाई भाग्यमानी सम्झेको छु ।धम्जा स्वस्थ चौकि र यहाँ का कर्मचारी प्रशासनशाखा देखेर मलाई एक किसिम को आत्माबल आयो।जिल्ला जनस्वास्थ्य देखि धम्जा स्वस्थ्य चौकि सम्म को मेरो अनुवभ मेरो लागि मुल्यबान छ। सहृदयी माया का साथ अबिभावकिय दायित्व निभाउनु हुने आदरणीय राजेन्द्र सर,लोक बहादुर सर, ईश्वरी दिदि,बैकुन्ठ सर, सचिना बहिनी, भगबति बहिनि, कुसुम बहिनि, मुना बहिनि , सुरज दाइ र जमुना बहिनि साथ साथै हाम्रा महिला स्वस्थ्य स्वयम सेबिकाहरु रजिकला श्रीस,कविता बि क,संगिता राना,मिना छन्त्याल,कौशिला घर्तीमगर,सम्झना खत्री,प्रेरणा थापा,देउरुपा खड्का,भेषकुमार भण्डारी साथै पुराना स्वयम सेबिका दिदि हरु सोबिता के सि , बिस्नु जि सि, तुलसि थापा र भगबति छन्त्याल लगाएत सबैलाई पनी धेरै धेरै धन्यबाद भन्न चाहन्छु साथ सहयोग र सहकार्य को लागि हार्दिक नमन तथा धन्यवाद भन्न चाहन्छु । तेस्तै गरि काठेखोला गाउपालिका परिवार र आठै वटा वडाका स्वस्थ्यकर्मि अग्रज हरु साथिहरु लाइ धेरै धेरै धन्यवाद ।यतीञ्जेल मलाई आफ्नै परिवार जसरी राख्नुहुने अंकल/आण्टी मणीभद्र न्युरे,लक्ष्मी न्युरे भाईहरु सन्तोष,सुदिप र सौगात यहाँहरुको मायाँको निम्ती मसंग भन्ने अरु कुनै शब्द नै छैन र पनी धेरै धेरै धन्यबाद भन्न चाहन्छु। साथै सम्पुर्ण धम्जा बासि र देउराली परिबार लाइ धेरै धन्यवाद भन्न चाहन्छु मलाई साच्चिकै आफ्नु छोरी-चेलिजसरि माया गरेर आज को दिन सम्म राख्नु भयो।सायद यहाँहरुको मायाँले नै होला म जन्मेको सालिजा पछी उत्तीकै मायाँ र सम्झना आउनेछ धम्जाको। धम्जा बसुन्जेल जे जति गर्न सके त्यो सेवा ग्राहिहरु र तमाम धम्जावासीहरुको आफ्नै अनुभव होला तर मेरो तर्फबाट धम्जाबासी सबै लाइ धेरै धेरै धन्यवाद । बिशिष्ट ब्यक्तीत्वहरु, समाजसेवीहरु को सुझाव मेरो लागि मार्गदर्शक बने र बन्नेछन।यहाँको बसाईमा देखेका भोगेका धेरै मिठा पलहरु म सङ्गै लैजाने छु जसले मलाइ सधै धम्जाको याद दिलाउने छ।जाँदै गर्दा मान्छे का कमजोरि हरु धेरै हुन्छन त्यसलाइ सुधार्न यहा हरु को सुझाव सल्लाहले मलाई जसरी अनुभवी हुन सहयोग गरिरह्यो नया आउने कर्मचारी वा अन्य आगन्तुक लाइ पनि मलाई जसरी नै माया गर्नुहुनेछ भन्ने पुर्ण आसा गर्दै अन्तमा सम्पुर्ण धम्जा बासिहरुले आफ्नो स्वस्थ्य को ख्याल राख्नुहोला, म जहाँ र जसरी रहेपनी यहाँहरुले सम्झेको र मैले गर्नसक्ने सबै सहयोग मबाट हुने प्रतिज्ञा पनी गर्न चाहन्छु। यहाँ हरु को सुझाव माया मेरा लागि सतकर्म सिकाउने उर्जा हुन हुनेछन भन्दै मान्नेजनहरुको हर सहयोग माया सुझाव हेरचाह सबै शिरउपर राख्दै आगमि पथ यात्रा तय गर्नेछु । यहाँहरुको याद सदैव आईरहने छ। धन्यबाद ।



0 Comments

Your email address will not be published. Required fields are marked *